ब्राजिलमा टेलिग्रामलाई प्रतिबन्ध

न्युजलय ५ चैत २०७८, शनिवार ०२:१३ मा प्रकाशित

एजेन्सी । ब्राजिलको सर्वोच्च अदालतले टेलिग्राममाथि प्रतिबन्ध लगाउने आदेश दिएको छ । टेलिग्रामले निरन्तर गलत सूचना फैलाउने र कानुन नमान्ने एकाउन्टमाथि प्रतिबन्ध नलगाएको भन्दै प्रतिबन्धको आदेश दिएको हो । 

ब्राजिलको सर्वोच्च अदालतको फैसलासँगै टेलिग्रामका संस्थापक तथा सीईओ पाभेल डुरोभले कम्पनीले गरेको बेवास्ताप्रति क्षमायाचना गरेका छन्। उनले अदालतको आदेश पनि पालना गर्ने उल्लेख गरेका छन्। 

ब्राजिलका दक्षिणपन्थी राष्ट्रपति जेयर बोल्सोनारो र उनका समर्थकहरुले सञ्चारको लागि टेलिग्रामको प्रयोग गर्दै आएका छन्। पछिल्लो समय राजनीतिकरुपमा ध्रुवीकरण बढेको ब्राजिलमा बोल्सोनारोमाथि विभिन्न मुद्दामा अनुसन्धान भइरहेको छ । सोही अवस्थामा अदालतले गलत सूचना फैलाउनेमाथि कारबाही नगरेको भन्दै टेलिग्राममाथि प्रतिबन्ध लगाएको हो ।