काठमाडौं । माइक्रोसफ्टले ‘माइक्रोसफ्ट एज’ को प्रयोग बढाउन नयाँ उपाय रचेको छ । कम्पनीले विण्डोज प्रयोगकर्तालाई गुगल क्रोम र अन्य ब्राउजर डाउनलोड नगर्न चेतावनीमूलक सन्देश दिन थालेको छ ।
इन्टरनेट एक्सप्लोररलाई विस्थापित गर्दै माइक्रोसफ्टले सन् २०१५ मा माइक्रोसफ्ट एज प्रचलनमा ल्याएको हो । हुन त यो ब्राउजर पनि प्रयोगकर्ताबीच उत्तिकै चर्चित छ ।
यद्यपि इन्टरनेट ब्राउजरको बजारमा ५० प्रतिशतभन्दा बढी हिस्सा गुगल क्रोमको छ । क्रोमको बजार चिर्न माइक्रोसफ्टले एज प्रयोगकर्तालाई अन्य ब्राउजर डाउनलोड नगर्न सुझाव दिन थालेको छ ।
अन्य ब्राउजरभन्दा एज बढी भरपर्दो र उपयुक्त भएको माइक्रोसफ्टको दाबी छ ।