काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै सामाजिक सञ्जाल सार्वजनिक गरेका छन् ।
यसअघि आफैँले सामाजिक सञ्जाल सञ्चालनमा ल्याउने घोषणा गरेका ट्रम्पले आइतबार ‘ट्रुथ सोसल’ नामक सामाजिक सञ्जाल सञ्चालनमा ल्याएका हुन् ।
‘ट्रम्प मिडिया एण्ड टेक्नोलोजी’ अन्तर्गत रहेको समाजिक सञ्जाल ट्रुथ सोसल एप स्टोरमा सार्वजनिक भएको हो ।
ट्रम्पलाई फेसबुक, ट्वीटर र युट्युबले गत वर्ष प्रतिबन्ध लगाएपछि उनले आफ्नो सोसल मिडिया एप खोलेका हुन् । हाललाई यो एप अमेरिकालगायत अन्य केही सीमित देशहरूमा मात्र सार्वजनिक भएको छ ।