बन्द हुने भनिएको इन्टरनेट सेवा बन्द नहुने

न्युजलय २० बैशाख २०७९, मङ्गलबार ०२:३६ मा प्रकाशित

काठमाण्डौ । देशव्यापी बन्द हुने भनिएको इन्टरनेट सेवा बन्द नहुने भएको छ। 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अपस्ट्रिम प्रोभाइडर्स जस्ता कम्पनीलाई भुक्तानी गर्न विदेशी मुद्रा सिफारिस गर्न पूर्ण रूपमा बन्द गरेका कारण इन्टरनेट काटिने अवस्थामा पुगेको थियो। 

सोमबार आइस्पानका प्रतिनिधि र सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीबीच भएको भेटमा मन्त्री सकारात्मक देखिएपछि समस्या समाधान हुने भएको हो। 

नेपालका इन्टरनेट सेवा प्रदायकहरूले भारतको टाटा, एयरटेल र सिफ्फीबाट व्यान्डविथ खरिद गर्दै आएका छन्। कम्पनीले विगत ६ महिनादेखि भारतीय कम्पनीलाई शुल्क भुक्तानी गर्न नसक्दा आगामी हप्ताबाट देशभर इन्टरनेट बन्द हुने स्थिति आएको हो।