‘प्याज’

ज्योति पोख्रेल १७ साउन २०७९, मङ्गलबार ०८:०७ मा प्रकाशित

प्याज जस्तै बन्नुस् चाहे कसैले टुक्रा टुक्रा पारे पनि

आसु उसैको खसोस् । 


पापाकी परि बनेर जिन्दगी चल्दैन बिपदको बेला महिलाले युद्ध लड्न सक्नुपर्छ । 

छोरि हुँ भन्दैमा पिच्च आँशु झार्ने काम तिमी नगर,

परेको बेला महिषासुर मार्ने दुर्गा बन्नुपर्छ । 


छुदैन मलाई तिम्रा ती रूखा बचनले गरेर देखाउने साहस छ ममा,

शब्दले होइन ब्यबहारले जवाफ दिने बानी छ म मा ।  

सधैँ सधैँ खुकुरी र अचानोको उखान गाएर जिन्दगी चल्दैन,

सधैँ रोएर जिन्दगी चल्दैन ।


जसरी सगरमाथा आरोहि कसैको रोकावटले रोकिदैन,

त्यसरी मेरा प्रगतिशील पाइलाहरू तिम्रा तिखा बचनले पिरोलिदैन ।

सिताजस्तै शिवधनुष उचाल्ने बहादुर छोरी हुँ,

पारिजात फूल जस्तै कोमल छु,

कमजोर नठाने हुन्छ मलाई,

आइलाग्नेसँग तरबार बोकेर युद्ध गर्ने योद्धा हुँ ।


मिठो मुस्कान साथ बात गर्दछु,

नसम्झनु मलाई निमुखा । 

अगेनामा दाउरा ठोसेर मात्र आगो बल्दैन ,

सधैँ पिच्च रोएर मात्र जिन्दगी चल्दैन ।


सधैँ सहन्छिन सम्झेर होच्याउने नगर,

लिङ्गका आधारमा बिभेद नगर । 

आजभोलि महिलाले पुरुष पाल्दिन्छन्,

पैसाले सबै किन्न सक्छु भन्ने भन्ने तर्क नगर । 


गुलाबमा काँडा भएझैँ,

स्नेहसँगै भयानक रुप हुन्छ ।

चन्द्रमुखीबाट सुर्यमुखी हुँदै ज्वालामुखी बनेको पत्तो नपाउला,

छोरीको शरीरमा कोमलता हराएको पत्तो नपाउला । 


तारिफकी भोकी हुन्छिन्,

प्रेमकी सागर । 

प्रेम त छदैछ रकम बिना जिन्दगी चल्दैन ।

सधैँ पिच्च रोएर जिन्दगी चल्दैन।।