अनुमति नलिई ड्रोन नउडाउन गृहको चेतावनी

न्युजलय २६ असोज २०७९, बुधबार ०१:०९ मा प्रकाशित

काठमाडौं । गृह मन्त्रालयले अनुमति नलिई ड्रोन नउडाउन चेतावनी दिएको छ । पछिल्लो समय व्यक्ति तथा संस्थाले अनुमति नलिई अनधिकृत रुपमा ड्रोन उडाएको भन्दै गृहले यस्तो चेतावनी दिएको हो ।

मन्त्रालयका प्रवक्ता फणिन्द्र पोखरेलका अनुसार २ केजीसम्मका ड्रोन उडाउन जिल्ला प्रशासन कार्यालय र सोभन्दा माथिको ड्रोन उडाउन गृह मन्त्रालयबाट अनुमति लिनुपर्छ ।

ड्रोनको दर्ता भने नेपाल नागरिक उड्डयन प्राधिकरणमा गर्नुपर्छ ।