अब नमस्ते पे एपबाट उडान टिकट बुकिङ गर्न सकिने

न्युजलय २ साउन २०७९, सोमबार ०८:२९ मा प्रकाशित

 

काठमाडौं । नमस्ते पे ले आफ्ना ग्राहकहरुका लागि आन्तरिक उडान टिकट सेवा सुरु गरेको छ । 


यो सेवा अब एन्ड्रोइडमा उपलब्ध भएको छ र चाँडै आइओएसमा पनि लन्च हुने कम्पनीले बताएको छ । 

नमस्ते पे प्रयोगकर्ताहरूले अब नमस्ते पे वालेट मार्फत किफायती दरमा आन्तरिक गन्तव्यहरूको लागि उडान टिकटहरू किन्न सक्नेछन् । 


नमस्ते पे प्रयोगकर्ताहरूले भरपर्दो र सुरक्षित बुकिंग पार्टनरबाट एयरलाइन्स टिकट बुक गर्न सक्षम हुनेछन्।


साथै, नमस्ते पे ले उडान गर्नेहरूका लागि आकर्षक अफर ल्याएको छ, जहाँ उडान टिकट खरिद गर्ने पहिलो पाँच ग्राहकहरूले आफ्नो वालेटमा रु ३०० को फ्ल्याट क्यासब्याक पनि पाउने छन्। 


बाँकीले उडान टिकट खरिद गर्दा रु १५० को फ्ल्याट क्यासब्याक पाउने छन् र भाग्यशाली एक प्रयोगकर्ताले पोखराको दुईतर्फी उडान टिकट पाउने कम्पनीले बताएको छ ।