काठमाडौं । रुसले फेसबुक र इन्स्टाग्राम चलाउने कम्पनि मेटालाई ‘आतंकवादी एवं अतिवादी’ सूचीमा थपेको छ ।
अधिकारीहरूले युक्रेनमा रुसको सैन्य अभियानको क्रममा मेटाले ‘रुसोफोबिया’ सहने आरोप लगाएपछि रुसले मार्चको अन्तमा फेसबुक र इन्स्टाग्रामलाई ‘अतिवादी गतिविधि गरेको’ भन्दै प्रतिबन्ध लगाएको थियो ।
मेटाले मार्च १० मा नागरिकहरूविरुद्ध विश्वसनीय खतरा छैनन् भने प्लेटफर्महरूमा ‘रुसी आक्रमणकारीहरूलाई मृत्यु’ जस्ता विज्ञप्तिहरूलाई अनुमति दिने घोषणा गरेको थियो । त्यसपछि यो परिवर्तन युक्रेनभित्रबाट पोस्ट गर्ने प्रयोगकर्ताहरूमा मात्र लागु हुने बताएको थियो ।
इन्स्टाग्राम रुसमा विशेष लोकप्रिय छ र विज्ञापन एवं बिक्रीका लागि यो एक महत्वपूर्ण प्लेटफर्म हो ।