काठमाडौँ । बहुराष्ट्रिय डिजिटल पेमेन्ट गेटवेहरू अब नेपालमा पनि चल्ने भएका छन् । पेटीएम, फोनपे र गुगल पेलाई नेपालमा तीन महिनाभित्र चलाउन प्रक्रिया अघि बढाइएको छ । यीमार्फत् नेपालका कुनै पनि बैंक खाता वा वालेट खातामा रकमान्तर गर्न सकिने व्यवस्था सुरु हुन लागेको हो ।
यो व्यवस्था सुरु भएपछि भारतबाट विभिन्न भुक्तानी सेवा प्रदायकमार्फत नेपालका कुनै पनि बैंक खाता वा वालेटमा रकमान्तर गर्न सकिनेछ । यसबाट भारतीयहरूलाई नेपाल आउँदा क्युआरकोड स्क्यान गरी भुक्तानी गर्न सहज हुनेछ भने नेपालीहरूले पनि भारत जाँदा क्युआरकोड स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।