एनसेलको नेटवर्कमा केही बेर समस्या

न्युजलय १३ भदौ २०७९, सोमबार ०२:१४ मा प्रकाशित

काठमाडौँ । सोमबार बिहान एनसेलको नेटवर्कमा समस्या देखिएको छ ।

बिहान सर्भर डाउन हुँदा करिब २ घण्टा एनसेलबाट हुने फोन सम्पर्क बिच्छेद भएको थियो । छोटो समयका लागि सेवा अवरुद्ध भएको र अहिले समाधान भइसकेको एनसेल कस्टमर सर्भिस सेन्टरले जनाएको छ । एनसेलले समस्या हाल समाधान भइसकेको छ ।