अब खल्तीबाट मेरो शेयर नवीकरण गर्दा पैसा नलाग्ने

न्युजलय ६ फाल्गुण २०७८, शुक्रबार ०८:३० मा प्रकाशित

काठमाडौं । खल्ती डिजिटल वालेटले निःशुल्क मेरो शेयर खाता नवीकरण अफर ल्याएको छ । नेपालमा आईपीओमा लगानी गर्ने उत्सुकता दिन प्रतिदिन बढ्दै आइरहेको छ । यो अफर अन्तर्गत मेरो शेयर खाता नवीकरण गर्न छुटेकाहरूले मात्र होइन, नवीकरण गरिसकेकाहरूले पनि अर्को वर्षको नविकरण गर्न सक्ने खल्तीले जनाएको छ । 


प्रयोगकर्ताले मेरो शेयर खाता नवीकरणको लागि रु.५० शुल्क लाग्ने गरेको छ । यस अफर अन्तर्गत खल्ती मार्फत भुक्तानी गर्दा भने १०० प्रतिशत क्यासब्याक प्राप्त गर्न सक्नेछन् । 


अधिकतम क्यासब्याक १ वर्षको नविकरण रहेको छ तर  प्रयोगकर्ताहरूले आगामी पाँच वर्ष सम्मको लागि नै आफ्नो अकाउन्ट नवीकरण गर्न सक्नेछन् प्रत्येक खल्ती आइडीले यो अफर एक पटक मात्र लिन सक्नेछन् ।  यो अफर चैत २, २०७८ गते सम्म लागू हुनेछ । 

 

‘खल्ती’, नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो । २० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरुको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साईटमा भुक्तानी गरि ६०,०००ं सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ ।