विश्वकै पहिलो ‘एसएमएस’ डेढ करोडमा बिक्री

न्युजलय ७ पुस २०७८, बुधबार १२:०८ मा प्रकाशित

काठमाडौं । विश्वको पहिलो एसएमएस अर्थात म्यासेज बिक्री भएको छ । सो म्यासेज झण्डै डेढ करोडमा बिक्री भएको हो ।

‘मेरी क्रिसमस’ लेखेर पठाइएको विश्वको पहिलो म्यासेज मंगलबार नन–फन्जिबल टोकन (एनएफटी) का रूपमा बिक्री भएको हो । उक्त टेक्स्ट म्यासेज सन् १९९२ डिसेम्बर २ तारिखमा पठाइएको थियो ।

भोडाफोन इन्जिनियर नील पापवर्थले आफ्नो कम्प्युटरबाट बेलायतका बर्कशायरमा रिचर्ड जार्विसलाई उक्त म्यासेज पठाएका थिए ।

कम्प्युटरबाट पठाइएको म्यासेज जार्विसले दुई केजी तौल भएको अर्बिटेल टेलिफोनमा म्यासेज प्राप्त गरेका थिए । सोही म्यासेज बेलायती टेलिकम कम्पनी भोडाफोनले लिलामीमा राखेको थियो ।

बोलकबोलमा उक्त म्यासेजका लागि १ लाख ७ हजार युरो अर्थात एक करोड ४६ लाख भन्दा बढीमा बिक्री भएको हो ।