काठमाडौं । पहिला पहिला मोबाइलको कभर खोलेर ब्याट्री निकाल्न सकिन्थ्यो । जोकोहीले सजिलै बेट्री फेर्न सक्थे ।
तर अहिले स्मार्टफोनहरुमा त्यसरी सजिलै ब्याट्री निकाल्न सकिंदैन । ब्याट्रीहरु पूर्णरुपमा भित्र नै फिक्स्ड भएका हुन्छन् । आखिर किन त ?
स्मार्टफोनलाई पातलो बनाउनका लागि र वाटरप्रुफ बनाउनका लागि बेट्री खोल्न नमिल्ने बनाइएको हो । यस्तै यसले पटक–पटक ब्याट्री निकाल्नुपर्ने समस्याको पनि समाधान गर्दछ । यसबाट शर्ट सर्किट भएर फोन पड्किने वा दुर्घटना हुने जोखिम पनि कम हुन्छ । साथै ब्याट्री फुल्ने समस्या पनि हुँदैन ।
यसैगरी रिमुभेबल ब्याट्री हटाउनुका अर्को कारण चाहिं नन रिमुभेबल ब्याट्रीको प्रयोगले ब्याट्रीको कार्यक्षमता र आयु बढाउन सकिनु नै हो । नन रिमुभेबल ब्याट्री लामो समयसम्म सिंगल चार्जमा चल्दछ । ब्याट्री निकाल्नु नपर्दा त्यसको कनेक्सन पनि मजबुत हुन्छ ।