कर्मचारीले अनलाइनबाटै सरुवा पत्र लिन पाउने

न्युजलय २९ भदौ २०७९, बुधबार ०८:३३ मा प्रकाशित

काठमाडौं । अन्तर स्थानीय तहमा सरुवा भएका कर्मचारीले अनलाइनबाटै आफ्नो पत्र लिनसक्ने भएका छन् ।


सरुवा भएर पनि पत्र हात नपरेका कर्मचारीलाई लक्षित गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनलाइनबाट सरूवा पत्र डाउनलोड गर्न सक्ने सुविधा ल्याएको हो ।

 

यसका लागि कर्मचारीले यो वेबसाइटमा गई राष्ट्रिय किताबखाना (निजामती) मा अद्यावधिक भएबमोजिम आफ्नो विवरण ९कर्मचारी संकेत नम्बर, मोबाइल नम्बर र जन्म मिति० प्रविष्ट गरी आफ्नो पत्र डाउनलोड एवं प्रिन्ट गर्न सक्छन् ।