सामसङले सार्वजनिक गर्‍यो ग्यालेक्सी ए०४एस

न्युजलय ५ असोज २०७९, बुधबार ०१:३५ मा प्रकाशित

काठमाण्डौ । सामसङले नेपाली बजारमा ग्यालेक्सी ए०४ एस सार्वजनिक गरेको छ।

यो स्मार्ट फोनमा ट्रिपल रियर क्यामरा रहेकाले नयाँ पुस्ताले  फोटोग्राफीको नयाँ युग अनुभव गर्न सक्ने कम्पनीले बताएको छ।

यसमा एउटा ५० एमपी मेन क्यामरा, २ एमपीको रिफाइन्ड म्याक्रो क्यामरा र २ एमपीको डेप्थ क्यामरा र ५ एमपी सेल्फी क्यामरा छ जसले सेल्फी फोकस फिचर प्रदान गर्ने कम्पनीले बताएको छ।

यो फोन ६.५ एचडी र एममओएलइडी डिस्प्लेको साथ  कालो, कपर र हरियो गरी तीन आकर्षक रङहरूमा उपलब्ध छ।

१२८ जिबी रोम र ४ जिबी र्‍यामसहितको यसको मूल्य २१ हजार ९९९ रुपैयाँ र ६४ जिबी रोम र ४ जिबी र्‍यामसहितको मूल्य १९ हजार ९९९ रुपैयाँ तोकिएको छ।