भारतद्वारा फ्रि फायरसहित थप ५४ चिनियाँ एपमा प्रतिबन्ध

न्युजलय ३ फाल्गुण २०७८, मङ्गलबार ०८:४४ मा प्रकाशित

नयाँदिल्ली । भारतले थप ५४ वटा चिनियाँ एपमा प्रतिबन्ध लगाएको छ । जसमा लोकप्रिय अनलाइन गेम फ्री फायर समेत छ ।

राष्ट्रिय सुरक्षामा असर पर्न सक्ने कारण देखाउँदै भारतले ती चिनियाँ एपलाई हटाएको हो । फ्रि फायरलाई एप्पल स्टोर र गुगल प्ले स्टोर दुबैबाट हटाइएको छ ।

भारतको गृह मन्त्रालयले ती चिनियाँ भर्सन क्लोन्ड एप हुनसक्ने र सबैको काम उस्तै हुनसक्ने जनाएको छ । सन् २०२० मा भारतले २६७ वटा एपमा प्रतिबन्ध लगाएको थियो ।