काठमाडौं । भारतमा सबैभन्दा ठूलो बजार ओगटेको बजाजले अब भने विद्युतीय बाइक समेत निर्माण गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले पुणेको अकुर्डीमा हालै उत्पादन केन्द्र सहितको ‘चेटाक टक्नोलोजी’ सञ्चालनमा ल्याएको छ ।
बजाजले आफ्नो सब्सिडरी कम्पनीको रुपमा चेटाक सञ्चालनमा ल्याएको हो, जहाँबाट कम्पनीले यसै वर्ष बजारमा ल्याउने गरी विद्युतीय बाइक उत्पादन गर्नेछ । सन् २०३० सम्म भारतमा गुड्ने बाइकमध्ये ५० प्रतिशत बाइक विद्युतीय हुने आँकलनका साथ कम्पनीले यो परियोजना अघि बढाएको हो ।
यस्तोमा पट्रोलिय पदार्थ र विद्युत दुवैबाट चल्ने र विद्युतबाट मात्रै चल्ने फरक फरक बाइकको तयारी भइरहेको जनाइएको छ ।