अब ह्वाट्सएपमा अरूलाई थाहै नदिई च्याट छोड्न मिल्ने

न्युजलय २४ साउन २०७९, मङ्गलबार ०८:३७ मा प्रकाशित

काठमाडौं । मेसेजिङ एप ह्वाट्सएपमा नयाँ फिचर आउने भएको छ । यसअन्तर्गत अब प्रयोगकर्ता कुनै पनि ग्रुप च्याटबाट अन्य प्रयोगकर्तालाई थाहै नदिई बाहिरिन सक्छन् ।


कम्पनीले अगस्ट महिनाभित्रै यो फिचर थप गर्ने तयारी गरेको छ । साथै अर्को महत्त्वपूर्ण फिचरका रूपमा ह्वाट्सएपमा लास्ट सिन अर्थात् अन्तिम पटक च्याट हेरेको संकेत लुकाउने विकल्प पनि थप हुने भएको छ ।


विश्वमा सर्वाधिक प्रयोग हुने मेसेन्जर एप ह्वाट्सएपले प्रयोगकर्ताका लागि पछिल्लो समय नयाँ फिचरहरु ल्याइरहेको छ ।