आजदेखि सामाजिक सुरक्षा एप सञ्चालनमा

न्युजलय ३२ साउन २०७९, बुधबार ०७:३८ मा प्रकाशित

काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा एप सञ्चालनमा ल्याएको छ। 


श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले बुधबार यो एपको सुभारम्भ गरेका हुन्। 

 

हाल यो एप गुगल प्ले स्टोर तथा आइफोनको एप स्टोरमा उपलब्ध भइनसेको कोषले बताएको छ। 

  

यो एप मार्फत् योगदानकर्ताले कोषमा जम्मा भएको रकमको बारेमा जानकारी पाउन सक्छन्। 


साथै, यो एप मार्फत् आफ्नो केवाइसी अपडेट पनि गर्न सकिने कोषका सूचना अधिकारी कोजुले बताए। 


त्यस्तै, यो एपबाट अवकाश योजनाको रकम भुक्तानी लिन, योगदानकर्ता विशेष सापटीका लागि आवेदन दिन तथा अस्पतामा उपचारका लागि योग्य रहे वा नरहेको बारेमा जानकारी लिन सकिन्छ। 


कोषबाट प्रदान गरिने सबै किसिमका सेवा सुविधाको जानकारी आफ्नै मोबाइलमार्फत लिन सकिन्छ।