ट्वीटरले पनि टिकटकको नक्कल गर्दै

न्युजलय १५ असोज २०७९, शनिवार ०८:४५ मा प्रकाशित

काठमाडौं । ट्वीटरमा टिकटकबाट कपी गरेर विभिन्न फिचरहरू ल्याइएको पाइएको छ ।


ट्वीटरमा राखिने भिडिओलाई ट्वीटको भागका रूपमा हेर्ने गरिन्थ्यो । तपाईँले फलो गरेका व्यक्तिका ट्वीट र रिट्वीटमा मात्र भिडिओ देखिन्थ्यो भने अब सजेस्टेड फर यु (Suggested for you) मा पनि भिडिओ देखिने भएको छ ।

 

टिकटक, फेसबुक र इन्स्टाग्राम जस्तै ट्वीटरमा पनि अब भिडिओ ट्याब देख्न सकिनेछ । जसमा सजेस्ट गरिएका भिडिओ स्क्रल गर्दै हेर्न सकिनेछ । कम्पनीले हालै ट्वीटरलाई भिडिओका लागि उत्कृष्ट प्लेटफर्म बनाउन चाहेको कुरा उल्लेख गरेको छ ।


युट्युबको शर्ट्स, फेसबुक र इन्स्टाग्रामको रिल सबै टिकटकबाट नै कपी गरिएका फिचर हुन् । इन्स्टाग्रामका प्रमुख आडम मोस्सेरीले एक अन्तरवार्तामा इन्स्टाग्रामका फोटो पोस्टलाई पनि फुल स्क्रिन सक्रलिङको एक्सपिरयन्समा परिणत गर्ने बताएका थिए ।