काठमाडौं । फोटो तथा भिडियो शेयरिङ एप इन्स्टाग्रामले फेरि पनि टिकटकको एक अर्को फिचरको नक्कल गर्ने तयारी गरिरहेको छ ।
पछिल्ला दिनमा टिकटकका फिचरहरू नक्कल गरेका भनेर आलोचना खेप्दै आएको इन्स्टाग्रामले अहिले आफ्नो प्लाटर्फममा फूलस्क्रिन फिचर ल्याउने तयारी गरेको छ ।
इन्स्टाग्रामले आफ्नो प्लाटर्फमका लागि ९ः१६ आस्पेक्ट अनुपातवाला अल्ट्रा टल फोटो फिचरको परीक्षण गर्दैछ । आगामी एक दुई हप्ताको परीक्षण पश्चात् यो फिचर छिटै नै लञ्च गरिने बताइएको छ ।
आफ्नो साप्ताहिक ब्कप ःभ ब्लथतजष्लन स्तम्भमा इन्स्टाग्रामका सिइओ एडम मोसेरीले भनेका छन्, ‘इन्स्टाग्राममा तपाइँसँग अब टल भिडियो (९ः१६ आस्पेक्ट रेसिया) हुन सक्दछन् तर अहिलेसम्म यस्तो ठूलो फोटो हेर्न सकिने फिचर उपलब्ध थिएन । त्यसैले हामीले ९ः१६ आस्पेक्ट रेसियोवाला अल्ट्रा टल फोटो फिचरमा पनि काम गरिरहेका छौं । योसँगै अब तपाईंले फूलस्क्रिनमा ठूलो आकारको फोटो तथा भिडियोको उत्कृष्ट सामग्री हेर्न सक्नुहुन्छ । आगामी एक दुई हप्तामा यसको परीक्षणमा काम गर्नेवाला छौं ।’
स्मरण रहोस् हाल इन्स्टाग्राममा फोटो शेयर गर्नका लागि ४ः५ आस्पेक्ट रेसियो फिचर मात्र उपलब्ध छ । त्यसभन्दा ठूलो साइजको फोटो भयो भने इन्स्टाग्राम आफैंले फोटो क्रप गर्दछ ।