टिकटकले हटायो ६५ लाख भन्दा धेरै पाकिस्तानी भिडियो

न्युजलय २२ बैशाख २०७९, बिहिबार ०८:१४ मा प्रकाशित

काठमाडौं । टिकटकले पाकिस्तानका ६५ लाख भन्दा धेरै भिडियो हटाएको पत्ता लागेको छ ।


कम्युनिटी गाइडलाइन इनफोर्समेन्ट रिपोर्टले जनाएअनुसार टिकटकले सन् २०२१ को पछिल्लो तीन महिनामा ६५ लाख ६३ हजार ५ सय ९४ भिडियोहरु हटाएको हो ।


योसहित टिकटकले विश्वभरबाट ८ करोड ५७ लाख ९४ हजार २ सय २२ वटा भिडियो हटाएको उक्त रिपोर्टमा उल्लेख छ ।


यसअनुसार टिकटकले सबैभन्दा धेरै भिडियो हटाएको मुलुकको सूचीमा पाकिस्तानको नाम तेश्रो स्थानमा आउने जनाइएको छ ।


उक्त रिपोर्टअनुसार तीमध्ये ९४ दशमलब १ प्रतिशत भिडियोहरु अपलोड भएको २४ घण्टा नबित्दै हटाइएको थियो भने ९५ दशमलब २ प्रतिशत भिडियोहरु कसैले रिपोर्ट गर्नुअघि नै हटाइएको थियो ।


यस्तै, ९० दशमलब १ प्रतिशत भिडियोमा कुनै भ्यु आउनु अघि नै हटाइएको जनाइएको छ ।