एनसेलले ल्यायो नयाँ वर्षमा आकर्षक अफर

न्युजलय २७ चैत २०७८, आइतबार ०२:१७ मा प्रकाशित

काठमाडौं । यो नयाँ वर्ष २०७९ को शुभ अवसरमा एनसेलडले आफ्ना ग्राहकका लागि आकर्षक न्यु इयर कम्बो अफर र रिचार्ज योजना ल्याएको छ ।

यी अफरहरु आज आइतबार (चैत्र २७) बाट सञ्चालनमा आएका छन् । यस प्याकअन्तर्गत ग्राहकले ७ दिन र २८ दिन समयसीमा रहेका विभिन्न प्याकहरु सुचारु गर्न सक्छन् । 

प्याकअनुसार ग्राहकले अल नेट भ्वाइस, अल टाइम डेटा, अल नेट एसएमएस र नन् स्टप अन नेट भ्वाइस सेवाजस्ता आकर्षक सेवा बण्डलिङबाट फाइदा लिन सक्छन् । त्यस्तै रिचार्ज योजनाअन्तर्गत प्रत्येक ग्राहकले  ५० वा सोभन्दा बढीको हरेक रिचार्जमा बोनसस्वरुप फेसबुक, टिकटक, युट्युब प्रयोग गर्न सोसल मिडिया प्याक प्राप्त गर्दछन् । 

कम्बो प्याकअन्तर्गत ७ दिनको समयसीमा रहेको प्याक ग्राहकले करसहित मात्र ९६ मा सुचारु गर्न सक्छन् र यस प्याकमा बण्डल गरिएको १ जिबि अल टाइम डेटा र कुनै पनि नेटवर्कमा कल गर्न सकिन १०० मिनेट अल नेट टक टाइमबाट फाइदा लिन सक्छन् । त्यस्तै ग्राहकले १६८ मा ५ जीबी अल टाइम डेटा र १०० मिनेट अल नेट टक टाइम रहेको अर्को ७ दिने प्याक मात्र १६८ मा सुचारु गर्न सक्छन् । 

यो प्याक सुचारु गर्न इच्छुक ग्राहकले एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स१ह्यास डायल गरी यो प्याक सुचारु गर्न सक्छन् । 

रिचार्ज योजना १५ दिनका लागि मान्य रहनेछ ।