काठमाडौ । नेपालमा सबैभन्दा धेरै फलोअर्स र सब्सक्राइबर्स भएको म्युजिक नेपालको युट्युब च्यानल ह्याक भएको छ । यो च्यानल दुई साताअघिदेखि ह्याक भएको हुनसक्ने अनुमान गरिएको छ ।
६९ लाखभन्दा बढी सब्साक्राइबर्स भएको च्यानललाई कब्जामा लिएर ह्याकरले नाम दिएका छन्– टेस्ला लाइभ । टेस्ला कार निर्माता कम्पनी हो ।
म्युजिक नेपालले च्यानल आफ्नो नियन्त्रणमा आइसकेको बताए पनि यसको नाम अझै परिवर्तन भएको छैन ।