काठमाण्डौ । अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी)को आवेदन खुला भएको छ।
काठमाडौँस्थित अमेरिकी दूतावासले जानकारी गराए अनुसार कार्तिक २२, २०७९ सम्मको लागि आवेदन खुला हुने छ।
डिभी २०२४ का विजेताहरुले सन् २०२४ को सेप्टेम्बर ३० सम्म भिसा प्राप्त गर्नसक्नेछन् भने नतिजा सन् २०२३ को मे महिनामा आउनेछ।
विगतमा डिभी लोटरीमा सहभागी भएकाहरुले पनि यसपटक डिभी भर्न सक्नेछन्। साथै यसपटक डिभी लोटरीमा सहभागी हुनका लागि पासपोर्ट अनिवार्य छैन।