ह्वाट्सएपमा अब सुटुक्कै ग्रुप छाड्न सकिने

न्युजलय ४ जेठ २०७९, बुधबार ०८:३५ मा प्रकाशित

काठमाडौं । सर्वाधिक लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपले प्रयोगकर्ताहरुका लागि नयाँ–नयाँ फिचहरु आफ्नो प्लेटफर्ममा थपिरहेको छ । यस्तै एक नयाँ फिचर ह्पाट्सएपले थप गर्दैछ, जसलाई प्रयोगकर्ताले लामो समयदेखि आवश्यकता महसुस गरिरहेको हुनसक्छ ।


ह्वाट्सएपले आफ्नो प्लाटफर्ममा प्रयोगकर्ताहरुलाई सुटुक्क ह्वाट्सएप ग्रुप छाड्नसक्ने फिचर थप गर्दैछ । साइलेंटली एग्जिट ग्रुप्स नामक उक्त फिचरको सहयोगमा तपाईं आफु जोडिएको कुनैपनि ह्वाट्सएप ग्रुप छाड्न सक्नुहुन्छ । यसको जानकारी ग्रुपमा रहेका अन्य सदस्यले पाउने छैनन् ।

 

ह्वाट्सएपको यो फिचर त्यस्ता प्रयोगकर्ताका लागि राहतको प्याकेज भन्दा कम हुनेछैन जसलाई कुनै ह्वाट्सएप ग्रुप छाड्न मन हुन्छ तर अरु व्यक्तिले थाहा पाउँछन् भन्ने डरकै कारण ह्वाट्सएप ग्रुप छाड्न सकिरहेका हुँदैनन् ।


यो फिचर आएसँगै अब कुनैपनि ह्वाट्सएप ग्रुपबाट एक्जिट गर्दा केवल आफु र ग्रुप एडमिनलाई मात्र जानकारी हुनेछ तर ग्रुपमा अन्य सदस्यलाई पत्तो हुँदैन । अहिले ह्वाट्सएप ग्रुपको कुनैपनि सदस्यले ग्रुप छाड्दा त्यसको अटो जेनेरेटेड नोटिफिकेसन ग्रुपका सबै सदस्यले प्राप्त गर्दछन् ।


समाचार अनुसार ह्वाट्सएपले आफ्नो एन्ड्रोइड र आइओएस दुबै प्लाटफर्ममा यो फिचर ल्याउन लागेको छ । स्मरण रहोस् ह्वाट्सएपले पछिल्लो समयमा ह्वाट्सएप ग्रुपमा विभिन्न परिवर्तन ल्याइरहेको छ । हालैमात्र उसले ह्वाट्सएप ग्रुपको संख्या २ सय ५६ बाट बढाएर ५ सय १२ पुर्याएको छ ।