ट्वीटर नकिन्ने मस्कको घोषणालगत्तै ट्विटरको सेयरमा गिरावट

न्युजलय २८ असार २०७९, मङ्गलबार ०८:१३ मा प्रकाशित

वासिङटन । विश्वकै सर्वाधिक धनी अर्बपति एलोन मस्कले ट्विटरको स्वामित्व ४४ अर्ब अमेरिकी डलरमा खरिद गर्ने योजनाबाट हात झिक्न लागेको घोषणा गरेपछि सोमबार अन्तर्राष्ट्रिय सेयर बजारमा ट्विटरको भाउ गिरावट आएको छ । 

ट्विटरले आफूलाई स्पाम र नक्कली खातावालाको विषयमा यथेष्ट सूचना उपलब्ध गराउन नसकेको भन्दै मस्क पछि हटेका हुन् । ट्विटरले भने कानुनी प्रक्रियाको सहारा लिने जनाएको छ । 

सोमबार बिहान सबेरैै ट्विटरको प्रति सेयर मूल्य ३४ दशमलव ४० अमेरिकी डलर रहन पुगेको थियो । गत अप्रिलमा मस्कले ट्विटर खरिद गर्ने सहमति जनाउँदा त्यसको मूल्य ५४ दशमलव २० डलर रहेको थियो ।