सुविसुको इन्टरनेट अब धेरै सस्तो

न्युजलय १० असार २०७९, शुक्रबार ०८:१७ मा प्रकाशित

इटहरी । नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनि सुबिसु केवलनेटले ग्राहकहरुको लागि सस्तो र स्तरीय इन्टरनेट सेवा दिने भएको छ ।


कम्पनिले ६५ एमबीपीएस स्पीडको इन्टरनेट ८ हजार ४०७ रुपैयामा र क्लियर टिभीसहित ९ हजार ७३३ रुपैयामा उपलब्ध गराउने भएको छ । यी शुल्कहरुमा कर थप हुनेछ ।


कम्पनिले ग्राहकहरुको सुविधा र आवश्यकतालाई ध्यानमा राख्दै सस्तोमा स्तरीय सेवा दिन लागेको जनाएको छ ।

.

सुबिसुले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एम.पि.एल.एस भि.पि.एन.एस, व्यानएथर्नेट, होलसेल आइ.पि ट्रान्जिट, एम.भि.पि, डाटा सेन्टर सोलुसनजस्ता मनोरञ्जनात्मक तथा बिजनेस सेवाहरु प्रदान गर्दै आएको छ ।