भारतमा ३ जी र ४ जी मोबाइलको उत्पादन बन्द हुने

न्युजलय २७ असोज २०७९, बिहिबार ०२:५२ मा प्रकाशित

काठमाडौं । भारतमा अब ३ जी र ४ जी मोबाइलको उत्पादन बन्द हुने भएको छ ।


भारत सरकारले बुधबार यस्तो निर्णय गरेको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् ।


अहिले भारतमा करीब ७५० मिलियन मोबाइल प्रयोगकर्ताहरू छन्। जसमध्ये १० करोड प्रयोगकर्ताले ५जी स्मार्टफोन प्रयोग गरिरहेका छन् ।


तर, ३५० मिलियन प्रयोगकर्ताहरू अझै पनि ३ जी र ४ जी जडान भएका स्मार्टफोनहरूमा छन्। 


अब सबै स्मार्टफोन निर्माताहरूले १०,००० रुपैयाँभन्दा माथिको मोबाइलमा फोरजी वा कम कनेक्टिभिटी नजोड्ने बताइएको छ ।


बुधबार दूरसञ्चार विभाग र इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयले मोबाइल अपरेटर र स्मार्टफोन निर्माताहरूसँग बैठक गरी ३ महिनाभित्र फाइभजी सेवामा सार्न निर्देशन दिएको समेत बताइएको छ ।