गूगलले ल्यायो स्मार्टवाच, यस्तो छ सुविधा अनि मूल्य

न्युजलय २१ असोज २०७९, शुक्रबार ०९:५१ मा प्रकाशित

काठमाडौ । गूगलले आफ्नो पहिलो स्मार्टवाच ‘पिक्सेल वाच’ सार्वजनिक गरेको छ । यस स्मार्टवाच गूगलको वेयर ओएसबाट सञ्चालित छ ।

स्मार्टवाचलाई थ्रिडी कर्निङ गोरिल्ला ग्लास फाइभले कभर गरिएको छ । यसमा वाटर रेसिस्टेन्ट र स्क्रयाच रेसिस्टेन्ट फिचर राखिएको छ ।

वाच २० ब्याण्ड स्टाइल र १९ कस्टुमाइजेसबल फेसहित आउने जनाइएको छ । 

यसमा इमर्जेन्सी एसओएस फिचर समेत रहेको छ । अर्को वर्षमा वाचमा फल डिटेक्सन फिचर आउने छ । 

ब्लुटुथ र वाईफाई सुविधा रहेको गूगल पिक्सेल वाचको मूल्य ३४९ अमेरिकी डलर तोकिएको छ भने फोरजी सुविधा भएको वाचको मूल्य ३९९ अमेरिकी डलर तोकिएको छ । नेपालमा आइपुग्न भने केही साता लाग्नेछ ।