नेटफ्लिक्सका ग्राहक किन घटे ?

न्युजलय ४ साउन २०७९, बुधबार ०७:३१ मा प्रकाशित

एजेन्सी । सबैभन्दा धेरै प्रयोगकर्ता रहेको अनलाइन भिडिओ स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्सले अप्रिल र जुलाईमा झन्डै १० लाख ग्राहक गुमाएको छ। यस्तै नेटफ्लिक्स नवीकरण नगर्ने ग्राहकको संख्या पनि बढिरहेको बताइएको छ।

नेटफ्लिक्समा आएका केही श्रृंखला निकै चर्चित बने । यसले ग्राहकलाई होल्ड गरेर राखेपनि प्रतिस्पर्धीहरूको कारण नेटफ्लिक्सको प्रभुत्व घटेको बताइएको छ । यस्तै नेटफ्लिक्सले सेवाको मूल्य बढाएकोले पनि ग्राहक गुमाएको हो । 

नेटफ्लिक्सको सेवा नवीकरण नगर्ने ग्राहकहरूमा अमेरिका र क्यानडा र युरोपका प्रयोगकर्ता बढी छन्।

कोरोना महामारीमा बढेका ग्राहक महामारी साम्य भएसँगै घटेको कम्पनिले जनाएको छ । नेटफ्लिक्ससँग हाल विश्वभरबाट २ सय २० मिलियन ग्राहक छन् । त्यसबाट उसले अप्रिलदेखि जुनसम्मको त्रैमासिकमा ७.९ अर्ब अमेरिकी डलर आर्जन गरेको छ । यसअघि उसको आम्दानी यति समयमा दश अर्ब डलर हुन्थ्यो।