बुर्किना फासोमा हिंसा, २८ जनाको शव भेटियो

न्युजलय २० पुस २०७९, बुधबार ०७:१८ मा प्रकाशित

काठमाडौं । बुर्किना फासोको उत्तर–पश्चिमी सहर नोउनामा गोली हानी मारिएका २८ जनाको शव फेला परेको सरकारले जनाएको छ।

एक नागरिक समाज समूहले फेला परेका शव जिहादीविरुद्ध लडिरहेको सरकार समर्थित स्वयंसेवी बलका सदस्य भएको दाबी गर्दै सशस्त्र नागरिकहरूलाई हत्याको दोष लगाए ।

दाबीबारे सरकारले कुनै टिप्पणी गरेको छैन तर घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ। बुर्किना फासो एक दशक लामो विद्रोहको चपेटामा परेको छ, जसका कारण झण्डै २० लाख मानिसहरूलाई विस्थापित गरेको छ ।

सेनाले गत जनवरीमा बुर्किना फासोमा आक्रमणको अन्त्य गर्ने वाचा गर्दै सत्ता कब्जा गरेको थियो, तर हिंसा अझै चर्किरहेको छ । सरकारले ३० र ३१ डिसेम्बरमा शवहरू फेला पारेको बताएको छ ।

उसले अस्वीकार्य हिंसाको निन्दा गरेको छ र शान्त हुन आह्वान गरेको छ ।