बुधबार नेप्सेमा सामान्य अंकको गिरावट

न्युजलय ३० बैशाख २०८३, बुधबार ०३:३७ मा प्रकाशित

 काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य अंकको गिरावट आएको छ । 

बुधबार नेप्से परिसूचक ४.१५ अंकले घटेर २,७४०।२५ विन्दुमा पुगेर बजार बन्द भएको छ । 

बुधबार बजारमा कुल ३३९ कम्पनीका ५६ लाख ४३ हजार २८८ कित्ता सेयर ४२ हजार १७६ पटक किनबेच हुँदा २ अर्ब ८० करोड ७४ लाख ४६ हजार ३६१ रुपैयाँको कारोबार भएको छ ।

बुधबार कारोबार भएका कम्पनीहरूमध्ये ८२ कम्पनीको सेयर मूल्य बढेको छ भने १७६ कम्पनीको सेयर मूल्य घटेको छ । यसबाहेक १२ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।