काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ मंगलवार बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक सन्राइज क्यापिटलका अनुसार मंगलवार अर्थात भदौ ७ गते बाँडफाँट गर्ने तयारी भएको हो ।
कम्पनीको आईपीओमा माग भन्दा ७० दशमलव २२ गुणा बढी आवेदन परेको छ । यस आधारमा आईपीओ गोलाप्रथाद्धारा बाँडफाँट हुनेछ । कम्पनीको आईपीओमा कुल १९ लाख ५२ हजार ४६० जना आवेदकले २ करोड १७ लाख २१ ह्जार ५७० कित्ताका लागि आवेदन दिएका थिए ।
यस आधारमा ३० हजार ९२१ जनाले मात्रै शेयर पाउनेछन् भने बाँकी १९ लाख २१ ह्जार ५३१ आवेदकको हात खाली हुनेछ् ।
कम्पनीले साउन २४ गते देखि २९ गते सम्म ३ लाख ३१ ह्जार कित्ता आईपीओ निष्कासन गरेको थियो ।