काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढेको छ । आज नेप्से परिसूचक पाँच दशमलव ०१ अङ्कले बढेर दुई हजार ९३६ दशमलव ५६ को विन्दुमा कायम भएको हो ।
आज ३४२ कम्पनीको तीन करोड ८० लाख ७३ हजार ९४५ कित्ता शेयर एक लाख ५६ हजार ३८१ पटक खरिदबिक्री हुँदा रु १५ अर्ब ७८ करोड ६३ लाख १३ हजार ४४० बराबरको कारोबार भएको छ ।