बढ्यो सुनको मूल्य

न्युजलय २२ माघ २०८२, बुधबार ११:२९ मा प्रकाशित

काठमाडौ । सुनको मूल्य फेरि उकालो लागेको छ ।

आज एकैदिन १४ हजार ४ सय रुपैयाँले बढेर बजार पुन उकालो लागेको हो । सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ लाख ४ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

हिजो तोलाको २ लाख ९० हजार ३ सय रुपैयाँका कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । तोलामा २६५ रुपैयाँले बढेर ५ हजार ६ सय रुपैयाँ कायम भएको छ ।