काठमाडौं । चीन फेरि शक्तिशाली भूकम्प गएको छ । उत्तरपश्चिम चीनको सिन्जियाङ उइगुरको अक्सु प्रान्तस्थित उशी काउन्टीमा आज बिहान २ बजेर ९ मिनेटमा ७ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भूकम्प २२ किलोमिटर गहिराइमा गएको त्यहाँको भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको केन्द्रविन्दुमा सयौँ आवासीय घर र गाईवस्तुका गोठहरू भत्किएका छन् । मानवीय हताहतीका विषयमा भने कुनै विवरणहरु आएका छैनन् ।