मणिपुरमा मारिए ४० आन्दोलनकारी

न्युजलय १५ जेठ २०८०, सोमबार ०८:०६ मा प्रकाशित

काठमाडौँ । केही समयदेखी भडकिएको जातीय हिंसामा परी मणिपुरमा थप ४० जनाको मृत्यु भएको छ । 

मणीपुरका बिभिन्न ५ स्थानमा सेना र आन्दोलनकारी बीच भएको भिडन्त हुुदाँ ४० जना मारिएका हुन । मणीपुरका मुख्यमन्त्री एन बिरेन सिंहले पनि सो संख्या बराबर मारिएको पुष्टीसमेत गरेका छन्  ।

मणिपुर पुलिस कमाण्डोले हिजो जातीय हिंसा प्रभावित क्षेत्रहरूमा आठ घण्टा भन्दा बढी आन्दोलनकारीहरुसँग भिडन्त गरेका थिए । आन्दोलनकारीहरुले इम्फाल उपत्यका र वरपरका क्षेत्रमा सुरक्षाकर्मी माथी एकैसाथ हमला गरेका थिए । सो क्षेत्रका सेकमाई, सुग्नु, कुम्बी, फ्याङ र सेराउ क्षेत्रहरुमा भएको भिडन्तले त्रासको बातावरण निम्ताएको स्थानियले जनाएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार सो भिडन्तमा परी अझ धेरैको ज्यान गएको बताईएको छ । उनीहरुका अनुसार त्यसको अझै स्वतन्त्र पुष्टी भने बाँकी छ । सडकमा गोली चलेको थियो ।

मेइती समुदायले अनुसूचित जनजाति (एसटी) को दर्जा दिनुपर्ने माग गर्दै आन्दोलन सुरु भएको थियो । गत मे ३ मा मणिपुरका पहाडी जिल्लाहरूमा ‘आदिवासी एकता मार्च’ आयोजना गरेपछि झडप सुरु भएको थियो। मणिपुरको ५४ प्रतिशत जनसङ्ख्या मेइती समुदायको छ र तिनीहरू प्रायः इम्फाल उपत्यकामा बस्छन्। 

मणिपुरमा जातीय द्वन्द्वमा ७० जनाभन्दा बढीको ज्यान गईसकेको छ र भारतको उत्तरपूर्वी राज्यमा सामान्य अवस्था ल्याउनका लागि करिब १० हजार बढी सैन्य र अर्धसैनिक कर्मचारीहरू तैनाथ गरेर स्थीति नियन्त्रणमा ल्याउने प्रयास भईरहेको मुख्यमन्त्री सिंहले जनाएका छन् ।