काठमाण्डौ । टर्कीमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ।
दक्षिणी सहर एन्टाक्यालाई केन्द्रविन्दु बनाएर सोमबार गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी ६ जनाको मृत्यु भएको हो । भूकम्पको धक्का सिरिया,लेबनान र इजिप्टमा पनि महशुस गरिएको थियो ।
टर्कीको प्रकोप तथा आपतकालीन एजेन्सी अफादले स्थानीय समय अनुसार साँझ ८.४४ मा भूकम्प गएको जनाएको छ । भूकम्प १० किलोमिटर गहिराइमा भएको युरोपेली भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्रले जनाएको छ ।
यो भूकम्प आएपछि फेरि दर्जनौं पटक धक्का महसुस गरिएको थियो ।
यसअघि गत फागुन ६ गते गएको ७.८ म्याग्निच्युडको भूकम्पमा ४४ हजारभन्दा बढीले ज्यान गुमाएका थिए ।