अष्ट्रेलियामा लागुऔषध ओसारपसारमा संलग्न दुई नेपाली युवा पक्राउ

न्युजलय २० फाल्गुण २०७९, शनिवार ०८:२४ मा प्रकाशित

काठमाडौं । अष्ट्रेलियाको संघीय प्रहरीले दुई नेपालीलाई लागुऔषध ओसारपसारमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ। 

उनीहरूलाई प्रहरीले ब्रिसबेनबाट गत २२ फेब्रुअरीमा लागुपदार्थ सहित पक्राउ गरेको हो। 

संघीय प्रहरीका अनुसार उनीहरूको साथबाट ४५० ग्राम लागुऔषध बरामद भएको थियो। उनीहरूले सिड्नीबाट उक्त लागुऔषध ‘हेयर डायर’ को ट्युबमा राखेर ब्रिजबेन पुर्‍याएका थिए। 

पक्राउ पर्नेहरू २१ वर्षका छन्। उनीहरूलाई प्रहरीले पाईन रिभर्स मजिस्ट्रेट कोर्टमा उपस्थित गराएको थियो। 

उनीहरूलाई अवैध लागुऔषध ओसापसारको अभियोगमा मुद्दा दायर गरेको छ। अष्ट्रेलियाको अपराध संहिता अनुसार यस खालको मुद्दामा २५ वर्ष सम्मको जेल सजाय हुनसक्छ। 

उनीहरुलाई थप अनुसन्धानका लागि थुनामा राखेर मुद्दा अगाडि बढाउन अदालतले अनुमति दिएको छ।