काठमाडौँ । सोमबार(आज) सेयर बजार दोहोरो अंकले बढेको छ ।
दिनभर कुल ६९ करोड ७३ लाख रुपैयाँको कारोबार हुँदा नेप्से परिसूचक १६.३९ अंक बढेको हो ।
सो अंकको वृद्धिपछि नेप्से १८७४ अंकमा कायम भएको छ । कुल ११० कम्पनीको मूल्य बढ्दा ६५ को घट्यो भने १० को स्थिर रह्यो ।
आज वाणिज्य बैंक २०, फाइनान्स १२, होटल तथा पर्यटन ४२, जीवन बीमा २५, उत्पादन ३०, माइक्रोफाइनान्स १४, निर्जीवन बीमा २३, जलविद्युत् १, अन्य २० र व्यापार उपसमूह २० अंक बढे । विकास बैंक उपसमूह भने १३ अंक घट्यो ।