इजरायलले गाजामा हवाई आक्रमण गर्दा १२ जनाको मृत्यु, २० जना घाइते

न्युजलय २६ बैशाख २०८०, मङ्गलबार १०:५१ मा प्रकाशित

काठमाडौँ । इजरायली सेनाले गाजा क्षेत्रमा हवाई आक्रमण गर्दा कम्तीमा १२ जनाको मृत्यु भएको छ ।

त्यहाँको स्वास्थ्य मन्त्रालयले हवाई आक्रमणमा १२ जना मारिएको पुष्टी गरेको छ । साथै आक्रमणमा २० जना घाइते भएका छन् ।

मारिनेमध्ये केही इस्लामिक जिहाद आन्दोलनका नेता रहेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । तर मृत्यु हुनेमा अधिकांश आम नागरिक नै रहेको अलजजिराको समाचारमा उल्लेख छ ।

प्यालेस्टाइनी इस्लामिक जिहाद आन्दोलनले भने हवाई आक्रमणमा आफ्ना तीन नेता मारिएको जनाएको छ ।

इजरायली सेनाले प्यालेस्टिनी इस्लामिक जिहाद आन्दोलनका सदस्यहरूलाई लक्षित गर्दै गाजा पट्टीमा मंगलबार हवाई आक्रमण गरेको हो ।