पाकिस्तानको मस्जिदमा आत्मघाती हमला, १७ जनाको मृत्यु

न्युजलय १६ माघ २०७९, सोमबार ०४:१० मा प्रकाशित

काठमाण्डौ । पाकिस्तानको पेसावर सहरको मस्जिदमा विस्फोट भएको छ ।

पेसावरको लेडी रिडिङ अस्पतालका प्रवक्ता डा आजमका अनुसार प्रहरी लाइन मस्जिदमा सोमबार दिउँसो नमाजको समयमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ ।

मृत्यु हुनेमा प्रहरी पनि रहेको उनले बताए । प्रवक्ताका अनुसार यस विस्फोटमा करिब ७० जना घाइते भएका छन् जसमध्ये १० जनाको अवस्था गम्भीर छ ।

पाकिस्तानका विदेश मन्त्री बिलावल भुट्टो जर्दारीले आक्रमणको निन्दा गर्दै आतङ्कवाद र यसका सहयोगीहरूलाई कडाइका साथ कारबाही गरिने बताएका छन् ।