पाकिस्तानको प्रहरी कार्यालयमा विस्फोट हुँदा १२ जनाको मृत्यु

न्युजलय १२ बैशाख २०८०, मङ्गलबार ०३:३९ मा प्रकाशित

काठमाण्डौ । पाकिस्तानको स्वात जिल्लास्थित कबाल प्रहरी कार्यालयमा दुई वटा शक्तिशाली विस्फोट हुँदा १२ जनाको मृत्यु भएको छ।

मृतकमध्ये अधिकांश प्रहरी भएको बताइएको छ। विस्फोटमा ५७ जना घाइते भएको पाकिस्तानी मिडियाले जनाएको छ।

उत्तरपश्चिमी क्षेत्रको स्वातस्थित प्रतिआतंकवाद विभागको कार्यालय नजिकैको प्रहरी कार्यालयमा विस्फोट भएको हो। विस्फोटको कारण भने खुलेको छैन।