काठमाडौं । अमेरिकाको हवाई टापुको माउ काउन्टीको जंगलमा लागेको आगलागीका कारण अहिलेसम्म ८० जनाको मृत्यु भएको छ ।
सयौं मानिसहरु अझै सम्पर्कमा नआएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने आशंका गरिएको छ । यो राज्यको इतिहासमा अहिलेसम्मकै ठूलो प्राकृतिक प्रकोप हो र ऐतिहासिक शहर लहैना आगलागीमा पूर्णरुपमा ध्वस्त भएको छ ।
यसैबीच, ध्वस्त भएको सहरमा भएको क्षतिको आँकलन गर्न स्थानीय बासिन्दाहरूलाई शुक्रबार छोटो अवधिको लागि घर फर्कन अनुमति दिइएको थियो।