भारतमा रामनवमीदेखि भड्कियो हिंसा

न्युजलय १८ चैत २०७९, शनिवार ०७:३१ मा प्रकाशित

पश्चिम बंगाल । रामनवमीमा हिंसा भड्किएको विवाद मत्थर नहुँदा भारतको बिहारस्थित नालन्दामा झडप भएको छ । दुई पक्षबीच ढुंगामुढा भइरहेका बेला प्रहरीले नियन्त्रणमा लिन गोली चलाएको छ ।

गोली प्रहारबाट घाइते ५ जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । अर्कोतिर बंगालमा अफवाह नफैलियोस् भनेर सरकारले इन्टरनेट सेवा बन्द गरेको छ । बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।