आप्रावासी बोकेको डुंगा पल्टिँदा ४ जनाको मृत्यु

न्युजलय २९ मङ्सिर २०७९, बिहिबार ०८:४७ मा प्रकाशित

काठमाडौं । फ्रान्सबाट बेलायती किनारतर्फ जाँदै गरेको आप्रवासीहरूले भरिएको डुंगा इङ्लिस नहरको पानीमा पल्टिँदा चार जनाको मृत्यु भएको बेलायत  सरकारले जनाएको छ ।


फ्रान्सेली र बेलायती नौसेनाहरूसँग काम गर्ने लाइफबोट, हेलिकप्टर र उद्धार टोलीहरू घटनास्थल पुगेका थिए । मानव बेचबिखन गर्ने आपराधिक गिरोहले गैरकानुनी ढंगले आप्रावासीलाई तेस्रो देशमा लैजाने क्रममा बारम्बार डुंगा दुर्घटना बढ्ने गरेका छन् । यी विषयलाई नियन्त्रण गर्न आप्रवासन प्रधानमन्त्री ऋषि सुनकको सरकारको मुख्य प्राथमिकताको मुद्दा बनेको छ ।


तटीय गार्डको नेतृत्वमा खोज र उद्धार कार्यपछि चार जनाको मृत्यु भएको पुष्टि भएको प्राप्त विवरण जनाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।