काठमाण्डौ । भारतमा बितेका २४ घन्टामा देशभर १० हजार सात सय ५३ जना कोरोनाका बिरामी थपिएका छन्।
शुक्रबार ११ हजार एक सय नौ जना बिरामी भेटिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आज जनाएको छ।
गत बिहीबार १० हजार एक सय ५८ जनामा कोभिड–१९ भेटिएको थियो। अहिले भारतभर ५३ हजार सात सय २० जना सक्रिय सङ्क्रमित छन्।