राप्रपाका नेता कार्यकर्ता रास्वपा प्रवेश

न्युजलय १७ माघ २०८२, शुक्रबार ०७:०९ मा प्रकाशित

सुनसरी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को विभिन्न तहका जिम्मेवारीमा रहेका नेता तथा कार्यकर्ताहरू पार्टी परित्याग गरी रास्वपामा प्रवेश गरेका छन् । सुनसरीमा आयोजित एक कार्यक्रमका बिच रास्वपा नेता अशोककुमार चौधरीले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् ।


रास्वपामा प्रवेश गर्नेमा सुनसरी जिल्ला सदस्य तथा संगठन प्रमुख नविन थापा, सुनसरी क्षेत्र नं. २ (क) अध्यक्ष एन्जिला चौलागाई, सचिव निरा भण्डारी, जनसम्पर्क समिति संयोजक विकाश भण्डारी, कोशी प्रदेश सदस्य डम्बर कुवर छन् । 

यस्तै इनरुवा–७ वडा कमिटि अध्यक्ष र उपाध्यक्ष क्रमशः रूपन चौधरी र डुमर लाल चौधरी, रामधुनी–७ वडा कमिटि अध्यक्ष मन कर्ण राई र सदस्य फेकुलाल चौधरी, इटहरी–१७ अध्यक्ष भरत चौधरी छन् भने सँगै नागरिक बचाउ अभियान कोशी प्रदेश संयोजक सरोज कुमार सिंहसमेत रास्वपा प्रवेश गरेका छन् ।


नवप्रवेशी नेताहरूले पुराना दलहरूले जनअपेक्षा अनुसार काम गर्न नसकेको र राष्ट्रिय स्वतन्त्र पार्टीले वैकल्पिक, पारदर्शी तथा जनमुखी राजनीति अघि बढाइरहेको विश्वासका साथ पार्टी प्रवेश गरेको बताएका छन्। उनीहरूले आगामी दिनमा सुनसरी जिल्लामा पार्टी संगठन विस्तार र जनताको मुद्दामा सशक्त रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।