भारतको गुजरातमा गरबा नृत्यको क्रममा हृदयघात हुँदा १० जनाको ज्यान गयो

न्युजलय ६ कार्तिक २०८०, सोमबार ०५:४८ मा प्रकाशित

एजेन्सी । भारतको पश्चिमी राज्य गुजरातमा गरबा नृत्यका क्रममा हृदयघात हुँदा १० जनाको ज्यान गएको छ ।


अष्टमीको राति गरबा नृत्य हुने गर्दछ । नृत्यकै क्रममा १० जनाको हृदयघातका कारण ज्यान गएको एनडीटीभी हिन्दीले जनाएको छ । जसमा सबैभन्दा कम उमेरका एक १३ वर्षका किशोर रहेका छन् ।


गरबा परम्परागत गुजराती नृत्य नवरात्रि उत्सवको प्रमुख विशेषताहरू मध्ये एक हो, यो नृत्य नौ रातसम्म मनाइन्छ । 


डाक्टरहरूले भक्तजनलाई केही समय नाचेपछि आराम गर्न र पुनः नाचलाई निरन्तरता दिन आग्रह गरेका छन् ।